झापा, २६ कात्तिक
कमल गाउँपालिका-५ लभडाडास्थित सडकमा प्र-१-०२-०४१ प २००० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय डिल्ली राम शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-२० बस्ने २५ वर्षीय रुपम तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





