भारतका उच्च पदाधिकारीसँग प्रधानसेनापति शर्माको भेटवार्ता

21

काठमाडौँ, २६ कार्तिक ।

प्रधानसेनापति प्रभुराम शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंहसहित उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका शर्माले बिहीबार रक्षामन्त्री सिंह र विदेशमन्त्री एस. जयशंकरसहित राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टा–छुट्टै शिष्टाचार भेटवार्ता गरेको नेपाली सेनाले जनाएको छ । शर्माले बुधबारै चिफ अफ डिफेन्स स्टाफ विपित रावतसँग भेटवार्ता गरेका थिए ।

शर्मासँग भेटवार्तापछि ट्वीट गर्दै जयशंकरले लेखेका छन्,‘उहाँसँगको भेटले हाम्रो (नेपाल–भारत) सम्बन्धको घनिष्ठतालाई जोड दिन्छ ।’ भारतको चार दिने भ्रमणमा गएका प्रधानसेनापति शर्माले बुधबार भारतीय सेनाध्यक्षको मानार्थ महारथीको पदबाट सम्मान पाएका थिए । शर्मा शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।