
बर्दघाट, २९ पाैष २०८२ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. – ४ स्थित बर्दघाटमा सत्य वचन परम ईश्वरीय मार्ग दर्शन सामाजिक संस्था जिल्ला शाखा कार्यालय बर्दघाट–२ चिसापानीकाे सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम जिल्ला शाखा पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षता तथा केन्द्रीय सदस्य रबि बहादुर थारूकाे प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको सचिव सुनिता कठरियाले बताउनुभयो ।
साे अधिवेशनले पुनः गुरु प्रसाद सापकोटाकाे अध्यक्षतामा निर्विरोध १५ सदस्यीय नयाँ जिल्ला कार्य समितिकाे चयन गरेकाे छ । जसको उपाध्यक्षमा संगीता वि.क. , सचिवमा कृष्ण बहादुर राना, काेषाध्यक्षमा गीर बहादुर श्रेष्ठ, सदस्यहरूमा क्रमशः भिम बहादुर गुरूङ, डुव बहादुर क्षेत्री, बिनाेद थारू, बेद प्रसाद श्रेष्ठ, खुन बहादुर सारू, विष्णु पुन, रूपा सुनार, तेज कुमारी राेका, सविता वि.क., शाेभा चाैधरी, त्रिलाेकी सिंह रहनु भएको छ ।















