राजन कुमार बानिया, पर्सा ।
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले आज देखि जेस्ट नागरिक, एकल महिला र अपांग हरुको पेन्सन वडामा पुगेर बितरण गरेका छन ।
अध्यक्ष यादवले दशै तिहारमा बृद्ध पेशन लगायत एकल महिला र अपांगहरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्धहरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन ।
आईतबार जगरनाथपुर गाउँपालिका वडा नं १ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णनन्दन रायले बताए का छन। बृद्धा पेन्शन लिएर अध्यक्ष लगायत बैंक कर्मचारीहरु लिएर घरदैलोमा पुगेर रकम बितरण गरिएको धनन्जय गिरीले जनाएका छन।





