काठमाडौं, ६ असोज
काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोट नजिक ६ नम्बरको वडा कार्यालयको निर्माणाधिन भवनको दोस्रो तत्लामा हाल नाम, थर नखुलेका रामेछाप घर बताउने ४० वर्षीया उमा तामाङ नाम गरेकी महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
गोरखा, गोरखा नगरपालिका-७ बतासेस्थित पौवाखेत बस्ने ६० वर्षीय चन्द्र बहादुर विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, ग्रामथान गाउँपालिका-१ लखन्तरी खापटोल बस्ने ७५ वर्षीय घुरनलाल चौधरी आफ्नै घरदेखि करिब १ किलोमटर टाढा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, डुडुवा गाउँपालिका-१ खडैचा बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी गाउँपालिका-६ भुरीडाँडा जंगलको भैंसीखोलाको पानी जमेको तलाऊमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । मालपोत कार्यालय नेपालगंज बाँकेमा जान्छु भनि घरबाट हिँडेका उनी सम्पर्कमा नआएपछि उनको खोजी गर्ने क्रममा उक्त तलाऊमा शव फेला परेको हो ।















