काठमाडौं पुस २५: कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिसिएमसीका प्रवक्ता सुनिता नेपालले भोलिदेखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्।
यस्तै बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिइन्। माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने पनि बैठकले निर्णय गरेको छ। source:thahakhabar















