9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

भानु युथ एकेडेमीको खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु,पहिलो खेलमा हसौराको सहज जित

- Advertisement -

 

कावासोती भानु युथ एकेडेमी क्लबको आयोजनामा संचालन भैरहेको खुल्ला नकाआउट फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ। क्लबका अध्यक्ष सुक बहादुर गुरुङ्गको अध्यक्षता तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रीन्सिपल यज्ञ विलास पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्द्घाटन सत्र सम्पन्न भएको थियो।कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले सेन्ट्रल कलेजले विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए। उद्द्घाटन सत्र संङ्गै आजबाटनै खेल सुरु भएको छ।प्रतियोगिताको उद्द्घाटन खेलमा बाल स्टार युवा क्लब हसौराले इगल आइ युथ क्लब मध्यविन्दु १ लाई ६-१ गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको छ।हसौरालाइ जित दिलाउने क्रममा म्यान अफ द म्याच समेत हुन सफल भएका नवीन महतोले ३ गोल गर्दै ह्याट्रीक समेत पूरा गरेका छन।प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक क्लब भानु युथ एकेडेमी क्लब ‘बि’ टिम विरुद्ध रजहर फुटबल क्लबका बिचमा ठिक १२ बजे कावासोती ३ मा रहेको सितल चौरमा हुने क्लबका अध्यक्ष गुरुङले जानकारी दिएका छ्न।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme