22.4 C
New York
Tuesday, May 26, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा कपडा बैंक स्थापना, विपन्नलाई पुग्ने भयो राहत

- Advertisement -

बर्दघाट, ३ असार २०८२
पश्चिम नवलपरासीको बर्दघाटमा विपन्न तथा आवश्यक पर्ने नागरिकहरूलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको छ। बर्दघाट जेसीज, क्लोथ एण्ड फुड बैंक, र बर्दघाट नगरपालिकाको संयुक्त प्रयासमा मंगलबार कपडा बैंकको औपचारिक उद्घघाटन गरिएको हो।
बर्दघाट जेसीज २०२५ का अध्यक्ष जेसी मोहन सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएकाे थियो ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट जेसीजले सुरु गरेको यो अभियान सराहनीय रहेको बताउनुभयो। “प्रयोग नगरेर थन्क्याइएका कपडाहरू फाल्नुको सट्टा यस्तो अभियानमा संलग्न भइ पुनः प्रयोग हुने गरी वितरण गर्नु सकारात्मक पहल हो,” उहाँले भन्नुभयो। साथै उहाँले ‘नपाउनेले कहाँ पाम्’ भन्ने अवस्थालाई सम्बोधन गर्न कपडा बैंकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले विपद्का बेला सरकार नागरिकका लागि भरोसा बन्ने हुनाले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट स्रोत विनियोजन गरिएको जानकारी दिनुभयो।
त्यस्तै, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशव पराजुलीले कपडा बैंकले समाजमा गरिब र विपन्नप्रति सहयोगी भावना अभिवृद्धि गर्ने धारणा व्यक्त गर्नुभयो।
बर्दघाट खानेपानी संस्थाका अध्यक्ष दीपक लम्सालले यो अभियानले धनी र गरिबबीच गलत सन्देश नफैलियोस् भन्नेमा सचेत हुन आग्रह गर्दै सबैले आ–आफ्नो ठाउँबाट समाज रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अध्यक्ष सापकोटाले नगरपालिकाको आर्थिक सहयोगमा स्थापना भएको यो कपडा बैंकले नगर क्षेत्रभित्रका विपन्न तथा पीडित समुदायलाई लक्षित गरी कपडा संकलन तथा वितरण गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार यो “क्लोथ एण्ड फुड बैंक”को याे १६५ औँ शाखा भएको बतनउनुभयाे ।
क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जि.सी.लेकपडा बैंकको अवधारणा र उद्देश्यबारे जानकारी दिँदै, पुराना प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्ता आदि कसरी संकलन गर्ने भन्ने विषयमा उपस्थित सहभागीहरूलाई जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, स्वयंसेवक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि पश्चिम नवलपरासीकै पाल्हिनन्दन र सुस्ता गाउँपालिकामा पनि कपडा बैंककाे स्थापना भइसकेको आयोजकले जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme