नवलपरासी । नेपाल कुशवाहा कल्याण समाज नवलपरासीले जिल्लामा स्वर्गवास हुनुभएका स्वजातिय व्यक्तिहरूकाे विभिन्न परिवारजनमा समवेदना प्रकट गर्नुका साथै श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे छ ।
सुस्ता गाउँपालिका वडा नं. ४ घर भएका सुस्ता गाउँ कार्य समितिका सचिव दिनदयाल कुशवाहाकी ममतामयी आमाकाे देहावसान भएकाे १३ओैँ दिनकाे अवसर पारेर जिल्ला कार्य समितिले उनकै निवासमा शाेक सभा सम्पन्न गरेकाे छ ।

सचिव दिनदयाल की आमा स्व. उदासी देवी काेइरीकाे ७६ वर्षकाे उमेरमा असामयिक निधन भएकाे हाे । उनका २ छाेरा र ४ जना छाेरीहरू हुनुहुन्छ । समाजले बैशाख ३० गतेका दिन शाेक सभा सम्पन्न गरेकाे हाे ।

त्यस्तै, समाजका साधारण सदस्य रहनुभएका प्रतापपुर गाउँपालिका वडा नं. ५ बेतहानी बस्ने श्रीराम काेइरीकी छाेरी सुश्री सीमा काेइरीकाे भएकाे असामयिक निधनमा समाजले बैशाख २५ गतेका दिन निजकै घरमा शाेकसभा सम्पन्न गरेकाे छ ।

साे दुबै स्थानमा समाजका केन्द्रिय सदस्य वृजराज कुशवाहाका साथै जिल्ला कार्य समिति तथा गाउँ कार्य समितिका व्यक्तित्वहरूकाे उपस्थिती रहेकाे थियाे ।
समाजले जिल्लामा देहावसान भएका स्वजातिय परिवारजनामा समवेदना प्रकट गर्ने र शाेकसंतप्त परिवाजनकाे पीडामा सहभागी हुने साेंचका अगाडि बढेकाे छ ।















