13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

दिव्य ज्याेतिमा चुरे क्षेत्रमा जलवायुकाे प्रभाव विषयक कार्यशाला सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट। दिव्यज्योति बहुमुखी क्याम्पस, बर्दघाट–२ चिसापानी नवलपरासीमा अनुसन्धान व्यवस्थापन सेलको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा “चुरे क्षेत्रमा जलवायुकाे प्रभाव” विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ।

कार्यक्रम अनुसन्धान व्यवस्थापन सेलका संयोजक बोमलाल पाण्डेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रूद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घघाटन सत्रमा प्रमुख अतिथि उप–प्रमुख उपाध्यायले बोल्दै, चुरे क्षेत्रको महत्वलाई उजागर गर्दै क्याम्पसले भाषा, संस्कृति र आर्थिक जीवनका विविध पक्षमा बौद्धिक बहस अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले चुरे क्षेत्रको वैज्ञानिक अध्ययन गरेर खाली जमिनलाई उत्पादनशील बनाउन सकिने र यसले रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।


कार्यक्रममा कालिका क्याम्पसका प्राध्यापक युवराज कण्डेलले चुरे क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, संरक्षणका सम्भावना र चुनौतीहरूबारे कार्यशालाको सहजीकरण गर्नुभएको थियो ।


यस अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्य प्रसाद पौडेल,  प्राध्यापक सितल अधिकारी, पारिजात सामुदायिक वनका अध्यक्ष कमान सिंह थापा लगायत वक्ताहरूले चुरे क्षेत्रको संरक्षण तथा सम्बर्द्धन सम्बन्धी महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको स्वागत क्याम्पस प्रमुख सागरमणि पौडेलले गर्नुभएको थियो भने सञ्चालन प्राध्यापक कृष्ण बन्धु पाैडेलले गर्नु भएको थियो ।
उक्त कार्यशालाबाट चुरे क्षेत्रको संरक्षण र स्थानीय स्रोतहरूको दीगो उपयोगमा टेवा पुग्ने विश्वास लिइएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme