13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

कोटिहोममा भोलीदेखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने

- Advertisement -

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ ।

यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर  लामो समयको हवन कार्यले तातो भएका कारण भोलि देखि भष्म, तिलक र प्रसाद भोलि र पर्सी वितरण गर्न लागिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।  

त्यसै गरी हवन कुण्डमा रहेका  इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

त्यसै गरी भोलि राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिने भएको छ । कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगितामा विजेता समूहलाई भोलि शुक्रवार पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महायज्ञ प्रचार प्रसार समिति संयोजक लेखराज ढकालले जानकारी दिए ।

प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५  हेमजा प्रथम, माछापुच्छ्रे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।

त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । 

प्रतियोगितामा विभिन्न विधामा पुरस्कृत समूहलाई २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ । विजयी समूहलाई भोलि पुरस्कार वितरण गरिने भएकाले आ–आफ्नो पुरस्कार लिनका लागि कोटिहोममा आउन आग्रह गरिएको छ । त्यस अवसरमा प्रतियोगितामा प्रथम भएको देविस्थान भजन समूह र अन्य पुरस्कृत समूहको प्रस्तुति रहने छ ।

त्यसै गरी कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गरिएको थियो । उक्त व्रतबन्धमा ५ सय २५ जनाले सामूहिक व्रतबन्ध गरेका थिए । त्यसै गरी तुलादान १ सय २० जना, चौरासी पूजा १ सय ३५, नवग्रह शान्ति १ सय ४६, काल सर्प योग  पूजा १४, अर्क विवाह ५ अष्ट महादान ४, पितृको अर्चना ३३, लघु रुद्री ५, अति रुद्री १८, विवाह १, गुन्यो चोली ५ लाखवत्ती सेवा २२ अन्य पूजाहरू ४५ जनाले गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

कोटिहोममा श्री एस एस एस साउन्ड एन्ड इभेन्ट परिवार चितवन भरपुरबाट २ लाख ५० हजार, झलनाथ सापकोटा सपरिवार पोखरा–५ बाट ५१ हजार, सक्षम आमा समूह पोखरा–१७ बाट ५२ हजार, गुरु प्रसाद भण्डारी सपरिवार गुल्मी बाट २५ हजार १ सय ५, सरोज तिमिल्सिना पोखरा–२५ बाट २५ हजार २५, सिद्धाश्रम शान्ति केन्द्र नेपाल टोखा नगरपालिका–५ बाट २५ हजार ५ सय २५, मोहोनाथ त्रिपाठी पोखरा–२६ २५ हजार ५, मधु क्षेत्री स्याङ्जाबाट १० हजार ५०, दिनेश्वर अधिकारी सुन्दरबजार नगरपालिकाबाट १५ हजार ५, विश्व कुमार विजुच्छे पोखरा–८ बाट १५ हजार ५ सय ८ सहयोग प्रदान गरेका थिए । कोटिहोममा चर्चित कलाकार चक्र बम र सुमन थापा मगरले भजन प्रस्तुत गरेका थिए ।

कोटिहोमका वरिष्ठ उद्घोषक कोष भारद्वाजको बिहीबार(आज) जन्म दिन पनि रहेको छ । उनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाई जन्मदिनको शुभकामना दिएका थिए । शब्दको भण्डारले भरिएका व्यक्ति कोष भएको उनले बताए ।

भागवत मञ्जरी राधिका दासीले ३१ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme