राजबिराज, १८ माघ ।
कान्तिपुर कन्सलटेन्सी बिराटनगरले शाखा कार्यालयकाे रूपमा एडमिसन अपिस सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा आरम्भ गरेकाे छ । शाखा कार्यालयकाे उदघाटन केन्द्रिय कार्यालयका चेयरम्यान गुनानन्द महतोले रिबन काटेर उदघाटन गरेका थिए ।
साे अवसरका बाेल्दै शुल्क तिरेर शैक्षिक परामर्श पाए वैदेशिक अध्ययनमा जाने धेरै विद्यार्थीहरु विभिन्न किसिमले ठगीमा परिरहेका र लाग्ने शुल्क भन्दा पनि चर्को शुल्क तिर्नु पर्ने बाध्यताबाट मुक्त गर्न गराउन कान्तिपुर कन्सलटेन्सीको स्थापना गरिएकाे कान्तिपुर कनसलटान्सी दमक ब्रान्च का सि.ई.ओ रोशन लिम्बुले बताए ।
देश बिदेशका विभिन्न युनिभर्सिटीहरु सङ्ग समन्वय गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न किसिमको छात्रवृत्ति तथा लाग्ने शुल्क मात्र तिरेर पढन जानकाे लागि शैक्षिक परामर्श दिने जानकारी कान्तिपुर कनसलटेन्सीका चेयर म्यान गुनानन्द महतोले बताए ।

राजबिराज शाखाका सि. ई. ओ. राहुल चौधरी र हेड अपिस बिराटनगरका डाईरेक्टर अमर कुमार मेहताले संयुक्त रूपमा केक काटेर औपचारिक रुपमा अपिस सन्चालन भएको घोषणा गर्नु भयो ।
कान्तिपुर कन्सलटेन्सी यस अघि दमक शाखा कार्यालयको उदघाटन माघ ३ गते गरिसकेको र काठमाण्डो तथा लाहान लगायत विभिन्न सात ठाउँमा शाखा खोलिने जानकारी राजबिराज शाखा कार्यलयका डाईरेक्टर श्री राजा भगतले दिनुभयो ।





