एक दिने नेतृत्व विकास तालिम सम्पन्न

9

 

उमेश बि.क /नवलपरासी ,९ पुस

नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा स्थित ज्ञान ज्योति ऎकेडेमी मा० वि० मा आज एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा नवलपरासीको एव नेपाल जुनियर / युवा रेडक्रस सर्कल ज्ञान ज्योति ऎकेडेमी मा०वि० को अायाेजनामा उक्त तालिम सम्पन्न भएको हाे।

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा नवलपरासीको अध्यक्ष राजेन्द्रप्रसाद अग्रहरिकाे अध्यक्षतामा तथा कृष्ण बहादुर लामिछानेकाे प्रमुख अातिथ्यतामा भएको उक्त तालिममा जिल्ला सदस्य घनश्याम प्रसाद यादव, डा. श्याम प्रसाद न्यौपाने , सीता शर्मा लगाएले बाेल्नु भएको थियोे ।

तालिममा विभिन्न विद्यालयका ४० जना बिद्यार्थीहरुकाे सहभागीता रहेको थियाे। तालिमकाे सहजिकरण गणेश डुम्रेले गर्नुभएको थियाे।