काठमाण्डाैं । बैंकले निरन्तर व्याज तिर्न प्रेसर दिएपछि न्युराेडका व्यापारीले आत्महत्या गरेका छन् । बैंककाे ऋण तिर्न नसकेकाे र आफ्ना सामान उत्तरी नाकामा अड्किएपछि व्यवहार बिग्रिएकाे भन्दै न्युराेडमा रञ्जना मलमा व्यापार गर्दै एका सुदर्शन घिमिरेले प्राण त्यागेका हुन् ।
बैंककाे ऋण तिर्न नसकेकाे र आफ्ना सामान उत्तरी नाकामा अड्किएपछि व्यवहार बिग्रिएकाे भन्दै न्युराेडमा रञ्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले प्राण त्यागेका हुन् ।
उनले व्यावसाय बिग्रिएपछि प्राण त्याग गरेकाे र यसमा राज्यकाे नीति दाेषी भएकाे भन्दै बिहिवार रञ्जना मलका व्यवसायीहरूले एक कार्यक्रम गर्दै सरकारकाे ध्यानाकर्षण समेत गराएका छन् । बैंकककाे व्याज महंगाे भएकाे, सहकारीले आफ्नाे पैसा समेत झिक्न नदिएकाे र आफ्नाे सामान नाकामा अड्किएका कारण व्यापारीले आत्महत्या गरेकाे भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने उनीहरूकाे तर्क थियाे । घिमिरेले बैंक, र सहकारीबाट ऋण लिएर व्यवसाय गर्दै आएका थिए ।
अहिले बैंककाे व्याज एकदम महंगाे भयाे । सहकारीले आफ्नै बचत समेत फिर्ता दिन नसक्ने अवस्था भयाे । नाकामा सामान अड्कियाे । सबैतिरकाे व्यवहार बिग्रिएपछि व्यवसायी मित्र सुदर्शन घिमिरेले प्राण त्याग गर्ने निर्णय लिनुभएछ । रञ्जना व्यापार संघकी अध्यक्ष बिना श्रेष्ठले भनिन्, यस विषयमा सरकार गम्भिर नभए अरू व्यवसायीहरूकाे पनि यस्तै अवस्था अाउन सक्छ । हामीले एक असल मित्र गुमाएकाछाैं ।साभारः अर्थ सराेकार





