रबिन्द्र यादव/ नवलपरासी पश्चिम
१ पुस
भारत पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ मध्ये एउटा गैडा शनिवार सुस्ता फर्किएकाे छ । दुईटा गैंडा अझै भारतीय जंगलमा हराईरहेका छन् ।
गएकाे साउनमा अाएकाे बाढिले चितवन राष्ट्रिय निकुञ्जबाट बगाउदा ति गैडा भांरत पसेका थिए ।गैंडा नेपाल फर्काउन लगातार प्रयास गरिए पनि भारतीय सुरक्षाकर्मी एसएसबी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका कारण सकिएकाे थिएन ।
गैडा लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोकेेकाा थिए । गैंडाको रेखदेखका लागि ६ जना कर्मचारी मार्फत नेपााल तर्फ आउन राेकेकाे थियाे ।
भारत पुगेका ति ३ गैंडा मध्ये १ वटा गैंडा पोथी हो जसलाई सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै नेपालको सुस्ता भुमी फर्काउन सफल भएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताए ।
अहिले भने २ वटा गैडा विहारको सिर्सिया जंगलमा हरााईरहेका छन् । गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको छ ।
टोलीले गैंडा फर्काउनका लागि भारतीय बन कर्मचारीहरुसंग पहल गर्दा केन्द्रबाट स्विकृति लिएर आउनु भनेर कर्मचारीले गैंडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका अाजम खाले बताए ।
निकुञ्जका संरक्षक अधिकृत गोपाल बहादुर घिमिरेका अनुसार अहिले अन्दाजी २०/२५ बर्षको पोथी गैडा स्थानीय किसान अयोध्या केवटको उखुबारीमा रहेको छ । गैडालाई सुस्ताका युवाहरु उखुबारीलाई घेराबन्दी गरि रेखदेख गरिरहेका छन् ।
हात्ति सहितको टोली सुस्तामै रहेको छ ।
गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको सशस्त्र, जनपद प्रहरी र सुुुुस्ताका युवाहरु खटिरहेका छन ।