स्थानीय क्षेत्र विकासका लागि सत्यचन्डी महायज्ञ

10

संजय कुशवाहा नवलपरासी, कार्तिक २५ गते ।

नवलपरासी जिल्लाको प्रतापपुर गाउपालीका वार्ड न. ९ खैरहनीमा कार्तिक २० गतेदेखि सत्यचन्डी महायज्ञ संचालन भएको छ ।

हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास गर्ने उदेश्यले महायज्ञ संचालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष रिंकु कुमार गुप्ताले बताउनु भयो ।माहायज्ञको अवसरमा आज सेमरी, गोपिगंज, प्रतापपुर, त्रिवेणी हुदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञ गजेन्द्रमोक्ष धाम त्रिवेणीका स्वामी कृष्ण आचार्यले उदघाटन गर्नु भएको थियो ।

कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो ।भने माहायज्ञमा बिहान ६ बजे देखि १० बजे सम्म हवन र परिक्रमा, दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन साझ ४ बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म सास्कृतिक रामलिला कार्यक्रम संचालन गरिने बताईएको छ ।

महायज्ञ कार्तिक ३० गते सम्म संचालन हुने बताईएको छ।भने पण्डित शिवशंकर मणि त्रिपाठीले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।