वृजराज कुशवाहा, नवलपरासी, २ बैशाख
भारतले गण्डकमा एकतर्फी रूपमा गर्न थालेकाे काम नवलपरासीका स्थानीयवासीले राेकेका छन् । भारतीय ठेकेदारद्वारा धाेबाहा नालामा सफाइकाे कामकाे लागि लगाइएकाे भारतीय एक्साभेटर प्रतापपुर गाउंपालिकाका स्थानीयवासीले अाइतवार राेकेर काम अवराेध गरेका हुन् ।
प्रतापपुर गाउंपालिकाकाे वडा नं. ६ कठहवा स्थित धाेबाहा नालामा कामकाे स्टिमेट र सहमति नै तयार नगरेर स्थानीयवासीकाे नीजि जग्गामा भारतीय एक्साभेटरकाे प्रयाेग गरिएकाे अवस्थामा स्थानीयकाे अाक्राेसित स्थानीयकाे भीडले एक्साभेटर मेशिन राेकेर काम राेकिएकाे हाे । बिना अनुमति तथा सहमति जथाभावी नाला खन्दा किसानकाे जग्गा खनिएकाे अाराेप छ ।
किसानकाे लालपुर्जाकाे जग्गामा नाखा खन्न वा कुनै पनि भारतीय संरचना बनाउन नेपाल सरकारकाे सहमति हुनुपर्ने र किसानकाे जग्गाकाे क्षातिपुर्ति खदिनुपर्ने हाे तर त्यसाे नगरेर एकाएक रूपमा खन्न थालीएपछि विभिन्न ५ बुंदे माग राखी अान्दाेलित भएका छन् ।
चाेर्निया खाेलाकाे पानी प्राकृतिक रूपमा निकास हुदै अाएकाे धाेबहा खाेलामा बिना सहमति भारतीय ठेकेदारले नाला खन्न थालेपछि अाक्राेसित स्थानीय एक्साभेटर राेकेका हुन् ।