सेनेटरी प्याड निर्माण तालिम प्रदान

44

उमेश वि.क नवलपरासी, २८ मंसिर ।

नवलपरासीको प्रतापपुर गाउँपालिका २ गाेपिगन्जमा १ दिने सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । बिकल्प नवलपरासीको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा उक्त तालिम प्रदान गरिएको हाे । सृजनशिल समुहकी अध्यक्ष मिना महताेको अध्यक्षतामा तथा विकल्पको पशु प्राबिधिक गगन सिंह रानाको प्रमुख आतिथ्यतामा १ दिने सेनेटरी प्याड निर्माण तालिम अाज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पशु प्राबिधिक रानाले सेनेटरी प्याड निर्माण तालिम अहिलेको अवस्थामा महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनुभयो । यसलाई ब्यवसायिक रुपमा निर्माण गरियो भने स्वास्थ्यकाे लागि लाभदायक सस्तो सुलभ र अार्थिक स्तरमा वृद्धि गर्ने कार्यमा बिशेष भुमिका खेल्दछ ।

तालिममा सहभागी सम्पूर्ण जनालाई बजारकाे प्याड भन्दा अाफै बनाएर अाफु तथा अाफ्नाे छाेरी बुहारीलाई चाहिने प्याड प्रयाेग गर्ने गराउने भन्ने कुरामा जोडे दिएका थिए । सो तालिममा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिका गरी २६ जनाको सहभागीता रहेको थियो ।