सुस्ता गाउँपालिकाकाे ६० प्रतिशत योजनाहरु मात्र सम्झौता

8

संजय कुशवाहा / नवलपरासी जेठ ३ ।

नवलपरासीको सुस्ता गाउँपालिकाले अहिलेसम्म ६० प्रतिशत योजनाहरु मात्र सम्झौता गरेको छ । गाउँपालिकाले वडा तथा गाउँपालिका स्तरमा करिब ६० प्रतिशत योजनाहरु उपभोक्तामा मात्र सम्झौता गरेको छ ।

ढिलाई भएपनि कुनै पनि योजनाहरु टेण्डर प्रक्रियमा ल्याइएको छैन तर बचेका ४० प्रतिशत योजनाहरू फेरि उपभोक्ता प्रक्रियामा ल्याई धमाधम सम्झौता भईरहेको छ ।

आर्थिक वर्ष २०७४ र ०७५ को ६० प्रतिशत विकास निर्माणका योजनाहरु सम्झौता पुरा भएको छ । तर यसरी गाउँपालिका योजना सम्झौता गरे पनि सबै योजनाहरु असारमसान्त भित्रै सक्न गारहो देखिएको स्थानीयहरूले बताएका छन।

उपभोक्ताको ढिलो कामकार्वाहीले वाडाको विकास निर्माणका बजेट फ्रिज हुने संकेत समेत देखिएको स्थानिय बताउछन् । गाउँपालिकाले योजना सम्झौता गरिरहदा ३० प्रतिशत योजनाहरुको कार्य सम्पन्न भई फच्र्यौट पनि गरेको जनाएको छ ।

गाउँपालिकाले योजना सम्झौता भई सकेपछि वाडाहरूको काम ढिलो हुनुको कारण रोडहरुको नयाँ मापदण्ड निर्धारण नभएकाले, केही वडाहरूमा स्थानीय द्रोरा रोड अतिक्रमण भए पछि रोड छुट्टाउनुमा योजना सम्झौताहरुको काममा ढिलाई भएको गाउँपालिकाका अधयक्ष राम प्रसाद पाण्डेले बताए ।