25.6 C
New York
Friday, June 12, 2026

Buy now

spot_img
spot_img

सुस्तामा नेपालीको प्रतिकारपछि भारतीय सुरक्षाकर्मी फिर्ता

- Advertisement -

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयवासीले प्रतिकार गर्दै फिर्ता पठाएका छन्।

स्थानीयवासी औरंगजेब खानका अनुसार शुक्रबार बिहान करिब ७ बजे पाँच जना भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका थिए। उनीहरू भारतीय सीमा नजिक टुटनवास्थित पानीको घोलामा निर्माण गरिएको कल्भर्ट हुँदै नेपालको सशस्त्र प्रहरी क्याम्पको पूर्वतर्फको क्षेत्रमा आएका थिए।

खेतमा काम गरिरहेका स्थानीयले हतियारधारी सुरक्षाकर्मीलाई देखेपछि उनीहरूलाई नेपाली भूमिमा प्रवेशको कारण सोध्दै प्रतिकार गरेका थिए। स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी भारततर्फ फर्किएको खानले बताए।

‘हामीले कसको अनुमति लिएर नेपाली भूमिमा आउनुभएको हो भनेर प्रश्न गरेपछि उनीहरू फर्किए,’ खानले भने।

घटनाबारे प्रतिक्रिया दिँदै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भारतीय सुरक्षाकर्मीको टोली नियमित गस्तीका क्रममा नेपालको खेतको डिल प्रयोग गरेर आएको बताए। स्थानीयले सशस्त्र प्रहरीलाई जानकारी गराएपछि नेपाली भूमि प्रयोग नगर्न सचेत गरिएसँगै उक्त टोली भारततर्फ फर्किएको उनले बताए।

घटनाका क्रममा केहीबेर स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच भनाभनसमेत भएको थियो।

स्थानीयका अनुसार नेपाल–भारत सीमालाई छुट्याउने पानीको घोलाको वारिपट्टि नेपालीहरूले खेती गर्दै आएका छन्। तर घोलापारिको नेपाली भूमिलाई विवादित भन्दै भारतीय पक्षले नेपालीलाई खेती गर्न रोक लगाउने गरेको आरोप छ। स्थानीयहरूले उक्त क्षेत्रमा भारतीय किसानले भैँसी चराउने गरेको पनि बताएका छन्।

स्थानीय मुन्सीकुमार हरिजनका अनुसार आफ्नै भूमि भए पनि नेपालीहरूलाई घोला पार गरेर जान अवरोध गरिन्छ। तर भारतीय सुरक्षाकर्मी भने बेला–बेलामा हतियारसहित नेपाली भूमिमा प्रवेश गर्ने गरेका छन्।

केही समयदेखि यस्तो गतिविधि कम भएको भए पनि पछिल्लो समय फेरि भारतीय सुरक्षाकर्मीहरूको नेपाली भूमिमा प्रवेश बढ्न थालेको स्थानीयको गुनासो छ। घटना भएपछि सुस्ता क्षेत्रमा सीमा सुरक्षासम्बन्धी विषय पुनः चर्चामा आएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme