अाउने भयाे, सुस्ताबासीका लागि खुशीका दिन

63

सहबान अन्सारी १६ कार्तिक ।

ठेकेदार कम्पनीले काम राेकेर भागेपछि वर्षाैंदेखि अलपत्र परेको सुस्ता जाने झाेलुङ्गे पुलको निर्माण कार्य पुन सुचारू हुने भएको छ ।

सुस्तावासीका लागि अाशाकाे केन्द्रकाे रूपमा हेरिएकाे यस पुलकाे निर्माण कार्य अबकाे एक हप्ता भित्र थालिने दावी नवलपरासी क्षेत्र नं. ६ का पुर्व सासंद देवकरण प्रसाद कलवारले  गर्नु भएकाे छ ।

विगत २०७२ सालमा त्रिसुली आसय जेवी कन्ट्रक्सनले करिब ढाई बर्ष भित्र कार्य सम्पन्न गर्न जिम्मा लिएपनि कन्ष्ट्रक्सनको लापारवाहीले गर्दा पुलको निर्माण कार्यको अवधि समाप्त भई सके पछि पनि अहिले सम्म करिब ५ प्रतिशत मात्र काम भएको छ ।

उक्त पुलको निर्माण कार्य पुरा नभएपछि अर्को ठिक्का मार्फत निर्माण कार्य संचालनमा ल्याऊने तयारी भए पछि सोही कन्ट्रकसनले दैविक जल उत्पन्न विभाग महा निर्देशनालयमा लिखीत कागज गरि पुन निर्माण कार्यको जिम्मा लिएको हाे ।

पुलको लम्बाई १ हजार ५ सय ७१ मिटर तथा चौडाई ५ फिट ६० सेन्टिमिटर रहेको छ । यसकाे कुल लागत २२ करोड रहेको छ । नारायणी पारी अवस्थित सुस्तामा ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा करिब २६५ घर धुरीका मानिस बसोबास गर्दछन । सुस्ताबासी जोखीम पुर्ण ढुङ्गा यात्रा गर्न बाध्य हुदै आएका छन ।

यस पुललाइ नेपालको पहिलो तथा एसियाको दोस्रो लामो झुलङ्गे पुल हुने बताइएकाे छ । थप कुरा थाहा पाउन याे पनि पढनुस् ।

कहिले बाटाेकाे समस्या, कहिले अाैषधाेपचारकाे समस्या, कहिले सरूवा रेागकाे बिगबिगि, कहिले एसएसबीकाे सास्ती, कहिले डुबान कटानले सुस्तावासीकाे ङाउ बेलाबेलामा बल्झिने गर्छ । समाधानका लागि पहल गर्दा सुस्ताकाे वकालत गर्ने क्म्युनिष्टहरूकाे सरकार भएकै बेलाका प्रधानमन्त्रिले सुस्तावासीकाे कुरा सुन्न पनि चाहेनन् । प्रधानमन्त्री केपी अाेलीले सुस्तावासीकाे कुरा किन सुन्न चाहेनन् ?