20.4 C
New York
Monday, June 8, 2026

Buy now

spot_img
spot_img

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको आपत्ति, काम प्रभावित

- Advertisement -

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा भारतीय पक्षले आपत्ति जनाएपछि निर्माण कार्य प्रभावित भएको छ।

स्थानीय जनप्रतिनिधि तथा आयोजनासँग सम्बन्धित स्रोतका अनुसार आइतबार साँझ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीहरू निर्माणस्थल नजिक पुगेर तटबन्ध निर्माणबारे चासो व्यक्त गर्दै काम रोक्न आग्रह गरेका थिए। त्यसपछि निर्माणस्थलमा केही समय अन्योलको अवस्था सिर्जना भएको बताइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको आयोजनामार्फत नारायणी नदीको कटान नियन्त्रणका लागि करिब १४ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माण भइरहेको छ। आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा भारतीय पक्षको चासो देखिएको हो।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय पक्षबाट आपत्ति आएको पुष्टि गर्दै निर्माण भइरहेको क्षेत्र नेपालतर्फ रहेको बताए। उनका अनुसार स्थानीय बस्ती तथा खेतीयोग्य जमिनलाई नदी कटानबाट जोगाउन तटबन्ध निर्माण गरिएको हो।

घटनापछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सम्बन्धित निकायसँग समन्वय थालेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार घटनाबारे गृह मन्त्रालय, नापी तथा सिँचाइ कार्यालयलाई जानकारी गराइएको छ भने भारतीय समकक्षीसँग पनि संवादको पहल भइरहेको छ।

सशस्त्र प्रहरी बलका अधिकारीहरू समेत घटनास्थल पुगेका छन्। सशस्त्र प्रहरीका एसपी गोविन्द खातीले घटनाबारे जानकारी संकलन भइरहेको र आवश्यक समन्वय जारी रहेको बताए।

स्थानीयवासीले तटबन्ध निर्माण कार्य अवरुद्ध नहुने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। नदी कटानका कारण वर्षेनी बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने भएकाले निर्माणाधीन तटबन्धलाई समयमै सम्पन्न गर्नुपर्ने उनीहरूको भनाइ छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme