श्याम थापा
सुस्ता १४ असार
राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले एक घर दुई फलफूल बिरुवा अभियान जारी गरेको छ ।
दिवसको अवसरमा सुस्ता गाउँपालिकाको कार्यालयले फलफूल बिरुवाको बोट खरिद गरि सम्पुर्ण वडाको बस्तीमा एक घर दुई फलफूल बिरुवाको बोट वितरण गरेको छ । सुस्ता गाउँपालिका वार्ड न २ सत्तपतीमा बस्ने ९२ बर्षिय बृद्ध नरेश्वर भण्डारी र सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे द्वारा आपको बिरुवा लगाई अभियानलाई शुभारम्भ गरिएको सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष एवं सुस्ता गाउँपालिका कार्यालयका प्रवक्ता कृष्णलाल मुखियाले बताएका छन ।
एक घर दुई फलफूल बिरुवाको बोट लगाउने अभियानलाई जारी राख्दै सुस्ता गाउँपालिकाको प्रत्येक टोल टोललाई फलफूल बिरुवाको बोटले पहिचान गराउने र गाउँपालिकाको प्रत्येक वडालाई हरियाली बनाउने उद्देश्यले राष्ट्रिय बृक्षारोपण दिवस जुटेको अवसरमा अभियान जारी गरिएको र यश कार्यक्रमलाई निरन्तरता गाउँपालिकाको कार्यालयले दिइरहने सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।
बृक्षारोपण कार्यक्रममा सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालय,लायन्स क्लब सुस्ता अफ नवलपरासी, एन एम बि बैंक शाखा कार्यालय कुडिया, स्थानीय समाजसेवी, सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थित रहेकोे थियो ।