संजय कुशवाहा / नवलपरासी भदौ १७
सुस्ता पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे वडा नं. ५ पक्लिहवा नाकाबाट सशस्त्र प्रहरी बोडर आउट पोष्टले भारतबाट नेपाल भित्र्याउदै गरेकाे दुई लाख मुल्य बराबरको बोईलर कुखुरा गएराती नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । यस अघि पनि बरामद गरिएकाे थियाे ।
सक्रिय बन्दै गएकाे सशस्त्र प्रहरी मोबाईल गस्तीटोलीको आधारमा सशस्त्रप्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले भारतबाट पिकपमा लोड गरी नेपाल भित्र्याउदै गर्दा नियन्त्रणमा लिन सफल भएकाे हाे ।
प्रहरीलाई देखेपछि तस्करहरु कुखुरा र पिकप छोडेर भागेकाे सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताउनु भयाे । नियन्त्रणमा लिइएकाे साे कुखुरा र पिकप आज भन्सार कार्यालय महेसपुपर पठाएको छ । प्रतापपुर गाउपालिका वाड न.५ बसहिया नाकाबाट सेतो केराउ एक क्युटल पचिस केजी नियन्त्रणमा लिई कार्वाही चलाएको छ ।
जिल्लाकाे पकलिहवा, गुठी प्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट मरिच, रोपाडी, लत्ताकपडा, नेपाली सेतो केराउ, बोईलर कुखुरा, चल्ला भित्रिदै आएकाे स्राेतकाे दाबी छ ।