सिरहा सहितका जिल्लामा भैंसी जुलुस

21
तस्विरः जयनाथ यादव सिरहा

अनलाइनजनता, लहान ।

जनमत पार्टीले सिरहा सहित तराई/मधेसका जिल्लाहरुमा आज भैंसी जुलुस निकालेको छ । पार्टीले सञ्चालन गर्दै आएकाे किसान आन्दोलन अन्तर्गत भैंसी जुलुस निकालिएकाे बताइएकाे छ ।

संघीय कृषिमन्त्री महेन्द्र राय यादव र मधेसका मुख्यमन्त्री लालबाबु राउतलाई भैंसीको संज्ञा दिंदै जनमतका कार्यकर्ता र किसानहरुले भैंसी जुलुस निकालेका हुन् ।

किसान आन्दोलनको एक महिना बढी भएपनि माग पुरा गर्न चासो नदेखाएकाले भैंसी जुलुस निकालेको जनमत पार्टीले जनाएको छ ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ ।