सशस्त्र प्रहरीकाे सरसफाई कार्यक्रम

16

संजय कुशवाहा / गुठी परसौनी असार ७

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी दृारा सरसफाई लगायत विभिन्न कार्यक्रम आज बाट सुरू गरिएको छ । लागुअौषध दुरुपयोग एवं अोसारपसार विरूद्द अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१८ को उपलक्ष्यमा सप्ताहव्यापी रूपमा मनाउने सन्दर्भमा सरसफाइ ,जनचेतनामूलक तालिम गरि विभिन्न कार्यक्रम असार १२ गते सम्म मनाउने गरिन्छ त्यस्तै गरि आज प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठीपरसौनी र स्थानिय ब्यपारीहरुको संयुक्त आयोजनामा गुठी परसौनी छोटी भन्सार कार्यालय देखी मुख्य नाका दशगजा सम्म सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।