सशस्त्रद्वारा ट्रयाक्टर नियन्त्रणमा

48

संजय कुशवाहा/प्रतापपुर साउन ११ ।

नवलपरासी स्थित नारायणी नदीबाट अवैध रुपमा ढुङ्गा चोरेकाे अाराेपमा सशस्त्र प्रहरीकाे गस्ती टाेलीले अाज सुक्रवार एक टयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

नदीबाट ढुङ्गा बाेकेर बेलाटारी तर्फ जादै गरेको लु २ त १८९२ नम्बरको टयाक्टरलाई सशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट गुठी परसाैनीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले बताए ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको टयाक्टरलाई आवश्यक कार्वाही चलाइएकाे छ ।