संजय कुशवाहा, नवलपरासी ३ असार
भारतीय सिमामा रहेकाे सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीमा सरूवा भई आउनु भएका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलले बुधवार परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।
असार १ गते रूपन्देहीबाट सरूवा भइ ईन्चार्जको रूपमा आउनु भएका खरेल स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै सुरक्षालाई चुस्त दुरुस्त बनाउने जिम्मेवारी पुुुरा गर्ने बताउनु भएकाे छ ।
नाकाबाट हुने लागू पदार्थ अाेसारपसार, चेलिबेटी बेचबिखन, सामान तस्करी लगायतका समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
परिचयात्मक कार्यक्रममा स्थानिय समाजसेवी, पत्रकार प्रतापपुर गाउँपालिका वडा न .५ का वडाध्यक्ष त्रिभुवन सिंह, वडा न ७ का वडाध्यक्ष हरेन्द्र यादव, वडा न. ३ का वडाध्यक्ष दिवाकर चौधरी, गुठी परसौनी प्रहरी चौकीका इन्चार्ज घनश्याम रिमाल लगायतका ब्यक्तित्वहरूको सहभागिता रहेको थियो ।