सर्पदंशबाट एक बालिकाको मृत्यु

11

सञ्जय कुशवाहा, १० भदाै, नवलपरासी

नवलपरासीमा सर्पदंशबाट एक बालिकाको ज्यान गएको छ ।

प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवा स्थित एपेक्स इगलिश बोर्डिगं स्कुलमा यूकेजीमा पढने वर्ष ७ की रितिका यादवको अाज मंगलवार ज्यान गएको हो ।

विद्यालयमा दिउंसो करिब २ बजे सर्पले टोकेको र उपचारका लागि लैजादै गर्दा ज्यान गएको परिवारिक श्राेतले जनाएको छ ।

विद्यालयमा बालिका विरामी भएपछि विद्यालयले उनलाइ उनकाे घर भारतकाे बहुवार पुरयाएकाे थियाे । उपचारका लागि परिवारले लगेकाे भारतकाे उत्तर प्रदेश महराजगञ्ज जिल्लाकाे निचलाैल अस्पतालले मृत घाेषित गरेकाे छ ।

रितिका सीमापारीकाे भारतीय गाउं बहुवारबाट सिमावर्ती नेपाली विद्यालयमापढन अाउने गरेकी थिइन् ।