सरावल गाउँपालिकाको छैँठाे गाउँसभा सम्पन्न

30

उमेश बि.क, नवलपरासी, १६ असार

पश्चिम नवलपरासी स्थित सरावल गाउँपालिकाको छैठौ गाउसभा सम्पन्न भएको छ । सरावल गाउँपालिकाका अध्यक्ष तथा छैठौं गाउँसभाका सभाध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा एक कार्यक्रम बिच गाउँपालिका उपाध्यक्ष उत्तमा रायले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियाे।

सभाले ५३ करोड ९० लाख बराबरको बार्षिक बजेट वक्तब्य गाउँपालिका उपाध्यक्ष उत्तमा रायले प्रस्तुत गर्नुभएको हाे । जस अन्तर्गत चालू तर्फ २६ कराेड ४६ लाख ५६ हजार तथा पुजिगत तर्फ २७ कराेड ४३ लाख ४७ हजार ४ सय ५७ रहेको छ। छैठौं गाउँसभामा प्रस्तुत नीति तथा बार्षिक कार्य योजनामा पुर्वाधार बिकास, कृषि, शिक्षा तथा स्वास्थ्य, महिला तथा बालबालिकालाई बिशेष प्राथमिकता दिएइएको छ।

बर्तमान समयमा सृजना भएको बिषम परिस्थितीको सामना गर्दै गाँउपालिकामा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरेर कोभिड १९ को असरको कारणले स्वदेश फर्किएका सम्पूर्ण गाउँपालिकावासीको स्वास्थ्यलाई उच्च प्राथमिकता र स्वास्थ् सुरक्षा गर्ने मुख्य दायित्वको महसुस गरी युवाहरुलाई स्वरोजगार र उधमी बनाउने उद्धेश्यका साथ कृषि क्षेत्रमा बिशेष अनुदान सहितको बार्षिक कार्ययोजना तयार गरिएको सो कार्ययोजनालाई पुरा गर्न नीति समेत तयार गरिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले बताउनु भएको छ । सरावल गाउँपालिकाको समृद्ध गाउँपालिका, खुशी जनता हाम्रो प्रतिवद्धता भन्ने मुल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन गरिदै कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी पहल कार्यलाई प्राथमिकता दिइएको छ। यसैगरी संघिय सरकार, प्रदेश सरकार र गा.पा.को साझेदारीमा विशेष कृ्षि प्याकेज कार्यक्रम सञ्चालन गरिने र भौतिक पूर्वाधार निर्माणको गतिलाई थप तिव्रता दिइएने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गएिको छ यस्तै कोभिड १९ को रोकथाम र उपचार सेवालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न रोग प्रतिरोध क्षमताको विकासमा जोड दिदै पशुपालन ब्यबसायलाई प्रोत्साहन गर्न अनुदानको ब्यबस्था गरि उत्पादनमा आधारित अनुदानलाई प्राथमिकताका साथ लागु गरिने भएको छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई विपन्न, दलित जनजातिको आयश्रोत वृद्धि गर्ने गरी उद्यमशिलताको विकास सञ्चालन गर्ने र कृषि, वन कार्यक्रमलाई सामूहिक रुपमा सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ। दुई दिन सम्म चलेको गाउँ सभाले केही विकास निमार्णका आयोजनहरु थप सहित महत्वपुर्ण निर्णय गरेको हाे । छैँठाे गाउँसभा बिधान समिति संयाेजक भेष नरायण चाैधरीले कृषि बिकाश बिधेयक प्रस्तुत गर्नुभएको थियाे ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले गाउँसभाकाे एक कार्यक्रमका बीच बोल्दै देशको समग्र विकासमा स्थानिय निकाय महत्त्वपूर्ण हुने हुदा जिम्मेवार भएर गाउँपालिकाको विकास निर्माणमा सक्रिय भएर लाग्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो। गाउँपालिका अध्यक्षले प्रस्तावहरु पास गरियोस भनी भनेपछि गाउँसभाले ताली बजाएर पारित गरेको थियोे ।

गाउँसभामा वडा सदस्यहरुबाट गाउँपालिकाका गतिविधि सम्बन्धि सोधिएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेलले सरल भाषामा जवाफ दिनुभएको थियोे ।