उमेश बि.क, नवलपरासी, १५ असार
नवलपरासीको सरावल गाउँपालिकाले दशवटा सामुदायिक विद्यालयका जेहेन्दार छात्र–छात्राहरूलाई साइकल प्रदान गरेकाे छ।
विद्यालय जान हौसला प्रदान गर्ने उद्देश्यले मुख्यमन्त्री ग्रामीण विकास परियाेजनाबाट पालिलका क्षेत्रका ५० जना विपन्न तथा जेहन्दार विद्यार्थी छनोट गरि वितरण गरिएको हो ।विद्यालयमा जेहेन्दार तथा उत्कृष्ट नतिजा प्राप्त बिद्यार्थीकाे अधारमा अादर्श मा.बि खाेखरपुराका ६, बसन्त मा.बि बासाका ६, जनता मा.बि मनरीका ७, जनता मा.बि भुजहवाका ८, महेन्द्र जनता मा.बि गडाैरी ५, महेन्द्र मा.बि सरावल ५, सुबन्सि अधारभुत बिद्यालय अत्रहटी ३, जनजागृति नि.मा बि पुसाैलि ३, बिनाेद निता कण्डेल बडहरा दुबाैलिया ३, जनता निमाबि धनगडवा ४ गरि ५० अाेटा साईकल प्रदान गरिएको हाे।
मुख्यमन्त्री ग्रामीण विकास परियाेजनाकाे निर्देशक तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे अातिथ्यतामा एक कार्यक्रम बिच साइकल हस्तान्तरण गरिएको हाे।
साइकल हस्तान्तरण गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले छात्र छात्राको पहुँच शिक्षामा पुर्याउने उद्देश्यले विद्यालय आउन असहज जेहेन्दार तथा उत्कृष्ट नतिजा प्राप्त छात्र–छात्रालाई छनौट गरी साईकल वितरण गरेको बताउदै साइकल पाएका वालिकाहरुलाई पढाइ विचैमा नछोड्न र साइकल सहयोग पाएको उपलव्धि समेत भबिश्यमा देखाउन आग्रह गरे ।
उनले भने–‘छात्र छात्राहरुले शिक्षा हासील गरि सशक्तिकरण भई अधिकारका लागि समेत अगाडि बड्नको लागि यो सहयोगले प्रेरणा दिने विश्वास लिएको छु । साथै सरावल गाउँपालिकाकाे तर्फबाट शिक्षामा बिशेष जाेड दिदै अाइरहेकाे कुरा अवगत गराउदै विद्यार्थी लाभ कार्यक्रमहरु अगामी दिनमा पनि निरन्तर्ता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे।
त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले बदलिदो परिवेश र आधुनिक युगमा शिक्षाको महत्त्व बढेकोले शिक्षा नभए समाज, राष्ट्र शिक्षित हुन नसक्ने बताउनु भएको हाे। शिक्षालाई जोड दिनु पर्ने र सरकारले समेत शिक्षालाई प्राथमिकतामा राखेको अवस्थामा गाउँपालिकाको शिक्षाको स्थितिलाई सुधार गर्न गाउँपालिकाले कन्जुस्याइँ नगर्ने समेत बताउनु भएको हाे।
साइकल बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल, मुख्यमन्त्री ग्रामीण विकास परियाेजना समिति सदस्य पहलाद पासवान, शिक्षा शाखा अधिकृत तुलसि प्रसाद अधिकारी, विभिन्न बिद्यालयका शिक्षक तथा विद्यार्थीहरुकाे सहभागिता रहेको थियाे ।
विद्यार्थीहरुले साईकल प्राप्त गरेपछि आफुअरुलाई पढाईमा सहजता भएको तथा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग हुने प्रतिक्रिया दिएका छन् ।