सरावलमा नगर प्रहरीलाई तालिम

9
उमेश बि.क, ७ फाल्गुन
नवलपरासीको सरावल गाउँपालिकामा सरावल नगर प्रहरीलाई क्षमताशील वनाउने उद्देश्यले माघ २८ गतेदेखि एक महिने तालिम शुरु गरिएको छ ।
नगर प्रहरीको दैनिक कार्यसम्पादनमा सघाँउ पुरयाँउन गाउँपालिकासहित इलाका प्रहरी कार्यालय गाेबरहियाले तालिम सञ्चालन गरेको हो । तालिममा नगर प्रहरीका १ महिलासहित ४ जनाको सहभागिता रहेको छ । दैनिक परेडलगायतका शारीरिक अभ्याससहित नगर प्रहरीका काम,कर्तव्य र अधिकारमा वारेमा तालिम सञ्चालनमा रहेको वडा नं ३ वडा अध्यक्ष अणेन्द्र रायले जानकारी दिए ।
तालिममा इलाका प्रहरी कार्यालयका अधिकारीहरुले नगर प्रहरीको सेवा, अपराध अनुसन्धान, कर्तव्य लगायतका विषयमा आधारभूत सहजीकरण दिईने सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायले जानकारी दिनुभएको छ। गाउँपालिकाले हालै नगर प्रहरीमा नयाँ भर्ना खुलाएर नगर प्रहरी ५ जना नियुक्त गरेको थियो ।
नियुक्त भएका नगर प्रहरी राजेश कुमार यादव, अस्लम शेष, दुर्गेस गुप्ता, बिजय बहादुर चाैधरी र नर्बदा कुमारी यादवलाई आवश्यक आधारभूत तालिम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ । नगर प्रहरीको तालिम गाेबरहिया प्रहरी चाैकि इन्चार्ज रामकाजि गुरुङ र प्रहरी जवान बिरेन्द्र बरइले गराइ राख्नु भएको छ।