उमेश बि.क, नवलपरासी, १८ असार
संयुक्त विद्यार्थी सगंठनद्वारा पश्चिम नवलपरासीको स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने कार्य गरेको छ। संयुक्त बिधार्थी सगंठनको दोश्रो बैठक सरावल गाउँपालिका ३ सरावलमा बसी दोश्रो चरणको कार्यक्रम अन्तर्गत जिल्लाका सातै वटा स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
विभिन्न सामुदायिक बिद्यालयहरुमा भर्ना शुल्क तथा विविध शुल्क लिइरहेका हुनाले संयुक्त बिधार्थी सगंठनले अाप्पति जनाउदै सरावल गाउँपालिकाबाट सुरुवात गरेका छन । काेराेना भाइरस काेभिड १९ का कारण मुलुक लकडाउनको अवस्थामा रहेका बेला कुनै पनि बहानामा शुल्क नउठाउन ध्यानाकर्षण तथा निजि बिद्यालय स्विकृतताकाे अधारमा कक्षा सन्चालन गर्ने र सवारी साधन बिमा, नविकरण, दर्ता अनिवार्य हुनुपर्ने अनुरोध गर्दै ध्यानाकर्षण पत्रमा समाबेश गरिएको छ।
लकडाउनकाे समयमा हरेक नागरिककाे अार्थिक अवस्था कमजोर रहेकाे हुनाले यस्ताे विपदकाे समयमा अभिभावककाे समस्या बुझि शिक्षकले काम गर्नुपर्ने बारे विद्यालयहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बन्दाबन्दीको यो समयमा नयाँ विद्यार्थी भर्ना सम्बन्धि प्रचारप्रसार तथा विज्ञापन नगर्न पनि चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरुले अधिकांश सामुदायिक विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोगमा रहेकोले विद्यार्थीको सिकाई वातावरण बनाउन विभिन्न वैकल्पिक माध्यमबाट शिक्षण विधि अघि बढाउने नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारीले बताउनुभयो ।
बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा विद्यार्थी संगठनहरुले आफूहरुको मागप्रति वेवास्त गरे कडा कदम चाल्ने अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरेले जानकारी दिनुभएको छ । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारि, अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे, समाजवादी बिद्यार्थी युनियन अशोक कुमार गुप्ता, अखिल क्रान्तिकारी युनियनका सदस्य अाकाश शर्मा बस्याल लगायतको सहभागी रहेको थियो ।
