शुभकामना तथा केन्द्रिय सदस्यकाे सम्मानमा वनभाेज

12

सहबान अन्सारी, असाेज ८ नवलपरासी ।

नवलपरासीको सरावल गाउपालिका वार्ड न. ७ बर्दघाटेमा हिन्दुहरुको महान चाड बडादशैको शुभ अवसरमा शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम गरिएकाे छ ।

कार्यक्रम अनलाइन जनता डट कम का अध्यक्ष एवम् प्रधान सम्पादक वृजराज कुशवाहाकाे अध्यक्षतामा सञ्चालन भएकाे थियाे । सम्मानित गर्नका लागि अायाेजना गरिएकाे यस विशेष कार्यक्रममा पुर्व गृह राज्य मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेल प्रमुख अतिथी रहनु भएकाे थियाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पदमा नव निर्वाचित पत्रकार पुरुषाेत्तम सुवेदीलाई सम्मान गरिएकाे छ । कार्यक्रममा प्रमुख अतिथी पुर्व गृहराज्यमन्त्री कण्डेल तथा अनलाईन जनताका प्रधान सम्पादक वृजराज कुशवाहाले संयूक्त रूपमा सम्मान गर्नु भएकाे थियाे । त्यस्तै त्रिवेणी सञ्चार मञ्चद्वारा सचिव श्याम थापाले सम्मान गरेका थिए ।

प्रमुख अतिथी कण्डेलले दशैकाे शुभकामना मन्तब्य दिनुहुंदै नेपालमा संघियतासंगै विकास पत्रकारिताकाे अावश्यकता तथा महत्व बढेकाे बताउनुहुदै नवलपरासीकाे पत्रकारिताले फडकाे मार्ने बेला अाएकाे जिम्मेवारी बाेध गराउनुभयाे । जिल्ला विभाजन हुनुसंगै अवसरहरू बढेका छन् । धार्मिक र भाैगाेलिक हिसाबले त्रिवेणाीधाम प्रदेश नं. ५ मा रहनुपर्ने हाे । यसलाइ प्रदेश नं. ४ मा राखेर बेमेल गरिएकाे छ । यसलाइ प्रदेश नं. ५ मा ल्याउनका लागि मेराे प्रयास जारी रहने छ भन्नुभयाे ।

कार्यक्रमका अध्यक्ष तथा अनलाइन जनता डट कमका प्रधान सम्पादक वृजराज कुशवाहाले विजया दशमी, दिपावली, तथा छठकाे शुमकाना व्यक्त गर्दै सञ्चारकर्मीहरूकाे भेटघाट तथा अापसी विचार विमर्शका लागि यस जमघटकाे अायाेजना गरिएकाे बताउनुभयाे । पत्रकारिता एक चुनाैतीपुर्ण पेशा रहेकाे यस अवस्थामा न्युनतम पारिश्रमिक कार्यान्यवन हुन नसक्नु दुर्भाग्यपुर्ण रहेकाेले समाधानकाे पहल गर्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा न्युज एट नेपाल डट कमका समाचार संयाेजक नविन शर्मा चापागाइंले स्वागत गर्दै कार्यक्रमकाे अाैपचारिक प्रवेश गराउनु भएकाे थियाे । भाेजपुरी सञ्चार समाजका उमेश विक, मधेश पत्रकार समाजका केन्द्रिय सदस्य देशबन्धु यादव, नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य एवम एपी वनका नवलपरासी सम्वाददाता हुसैन अन्सारी, पत्रकार उमा गिरी, विशेष अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुवेदीले पत्रकारीता क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गरिने बताऊनु भयो । साथै नवलपरासीका पत्रकारहरुका लागी पत्रकारीता क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार माहासंघ नवलपरासीका सदस्य लक्ष्मी हरिजन, नन्दु यादव, जनता टिभिका अनिल यादव, जितेन्द्र गुप्ता, एभी न्युजका जिल्ला सम्वाददाता प्रेम चन्द्र रौनियार, रबिन्द्र यादव, सहबान अन्सारी, माेहम्मद इजहार, प्रेस सेन्टरका ध्रुव बनिया, मनिष अधिकारी, सुनवल एफएमका प्रकाश न्याेपाने लगायतका ३० बढी सञ्चारकर्मीहरूकाे उपस्थिती रहेकाे थियाे ।