उमेश बि.क., नवलपरासी, ३० जेठ
नवलपरासी जिल्ला सरावल गाउँपालिकाले व्यावसायिक पशुपालक कृषकहरूलाई मिल्किङ्ग मेसिन तथा काउमेट वितरण गरेको छ ।
व्यवसायिक पशुपालक कृषकहरुलाई २ वटा मिल्किङ्ग मेसिन र ७ वटा काउमेट ५० प्रतिशत अनुदानमा बितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।
तरकारी लगायत अन्य अन्नबाली र पशु क्षेत्रको विकासले निकास दिने आधारहरुलाई प्रोत्साहन दिँदै विभिन्न खालका अनुदानमा कृषहरुलाई सहभागिता गराइरहेको हुनाले मापदण्ड बनाएर कृषि उत्पादनको बजारिकरणको लागि आवश्यक पहल गर्ने कुरामा जाेड दिदै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले कृषिमा पर्याप्त सम्भावना बोकेको हुनाले कृषि क्षेत्रको विकासले जनताको जीवनस्तर उकास्न सक्ने कार्यक्रममा अाफुले बिशेष प्राथमिकता दिइएको बताएका हुन् ।
गाउँपालिकाको पहिलो प्राथमिकता कृषि भएकोले उत्पादन र उत्पादकत्व बढाउने योजनाहरुको साथ पकेट क्षेत्रहरु निर्माण गरी हावापानीले सुट गर्ने खालको खेतीमा विशेष जोड रहेको कुराबारे जानकारी गराउनु भएको हाे।
गाउँपालिका उपाध्यक्ष उत्तमा रायले मिल्किङ्ग मेसिन तथा काउमेटकाे सहि सदुपयोग गर्न सके कृषकले लाभ पाउने बताएकी छन् ।