श्याम थापा
सुस्ता २६ मंसिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सहीको व्यवसायीक रूपमा गाई भैंसी पालन सम्बन्धि दुई दिने तालिम सुस्ता गाउँपालिकाको वार्ड न ४ नर्सहीमा सम्पन्न भएको छ ।
कृषकहरुलाई व्यवसायीक रूपमा गाई भैंसी पालन प्रति आकर्षित गराउने उद्देश्यले पशु सेवा शाखा कार्यालय सुस्ता गाउँपालिका कुडियाको आयोजनामा भएको व्यवसायीक गाई भैंसी पालन सम्बन्धि दुई दिने तालिममा सुस्ता गाउँपालिका वार्ड न ४ नर्सहीका व्यवसायीक रूपमा गाई भैंसी पालन गर्ने २० जना कृषकहरुको सहभागिता रहेको थियोे ।
सुस्ता गाउँपालिका वार्ड न ४ को वडा सचीव भोज कुमारी जोशीको अध्यक्षयतामा भएको तालिममा पशु सेवा शाखा प्रमुख भुपेन्द्र बिसि,सोही शाखा कार्यालयका दिनानाथ ढकाल,मिलन गौतम र इन्दिरा पुनले प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै गरि सुस्ता गाउँपालिकाको पशु सेवा शाखा कुडियाको आयोजनामा व्यवसायीक रूपमा बाख्रा पालन सम्बन्धि २ दिने तालिम सुस्ता गाउँपालिकाको वार्ड न ५ को वडा कार्यालयको सभा हलमा सम्पन्न भएको छ । सो तालिममा पक्लिह्वाको २० जना बाख्रापालन कृषकहरुको सहभागिता रहेको थियो ।
तालिममा स्थानीय जात भन्दा पनि उन्नत जातका गाई भैंसी पालन र बाख्रा पालन प्रति आकर्षित गराउने,पशुको हेरचाह,पशु बिमा,गोठ सुधार,पशु प्रजनन तथा पशु स्वास्थ्य सम्बन्धि लगायतका बिषयमा कृषकहरुलाई जानकारी दिएको थियो ।