विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश

10
उमेश बिक, नवलपरासी ५ कार्तिक
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुरमा अाज एक कार्यक्रम बिच १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साविक सनइ गाविस इकाइ सभापति जगदिश सहानीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कँडेल(मुन्ना बाबु) काे प्रमुख आतिथ्यता तथा प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे बिशेष अातिथ्यतामा विभिन्न पार्टी परित्याग गरि १८ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काङ्ग्रेसको केन्द्रिय समेत रहेका सांसद कण्डेलको घरमा आयोजित एक कार्यक्रम बिच पाल्हीनन्दन गाउँपालिका ६ सनइका खडेन्द्र चौधरी, बिचारी चौधरी, दिपक चौकरी र धर्मविर चौधरी सहित १८ जना कांग्रेसेका सदस्यता लिदै प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाइ सांसद कण्डेलले टिका लगाउदै कांग्रेसको सदस्यता पनि प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्य कँडेलले पार्टी मा कुनैपनि किसिमकाे गुटउपगुट नभएकाे खुलासा गर्नुभएकाे छ । नेपाली काङ्ग्रेस पार्टीकाे केन्द्रीय सदस्य भएकाे नाताले पार्टीलाई सक्रिय र मजबुत बनाउन अाफुले लागि परेकाे र सबै नेता तथा कार्यकर्ता लाई पनि लाग्न निर्देशन दिनुभएकाे छ ।
पार्टी मा कसैलाई पनि गुटउपगुट काे भावना राख्न छुट नभएकाे बताउनु भयाे । पार्टिकाे हितबिपरित काम गरे जाे कसैलाई पनि कार्वाही पार्टी बाट गरिने बताउनु भएकाे हाे । नेपाली काङ्ग्रेस पार्टी तथा कार्यकर्ता लाई कसै बाट अाच अाउने कामलाई अाफु सहेर बस्न नसकिने बताउनु भयाे ।
अाफु केन्द्रीय सदस्य भएकाे नाताले काङ्ग्रेसलाई बलियाे र मजबुत बनाउने र कार्यकर्ताहरुकाे हरेक काममा सहयाेग गरि अगाडि बढने मेराे मुख्य जिम्मेवारी रहेकाे बताउनु भयाे । कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,नेपाली काङ्ग्रेस नवलपरासीको संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद सहानी, ओबिसी महासंघका उपाध्यक्ष रामचन्द्र मौर्य, नेका नेता राधेश्याम पाठक, नेका क्षेत्र ५ को सभापति दिनेश मणि पटेल, पाल्हीनन्दन गाउँपालिका संयोजक हरिहर चौहान, नव प्रवेशी खडेन्द्र चौधरी, चन्द्रमणि चौधरी लगायतले संगठनलाइ मजबुद बनाउदै संगठनको विस्तार गर्न जोड दिए ।