पाैष २५, २०७४ उमेश बि.क नवलपरासी
नवलपरासीको सुस्ता गाउँ पालिका १ बरुवाकाे बैकल्पिक दुग्ध सहकारी संस्थाको हलमा बाख्रा बितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ।
बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा बिपन्न बर्गका लागि उन्नत जातकाे बाख्रा कितरण कार्यक्रम गरिएको हाे। दुर्गा अाय अार्जन समुहकि अध्यक्ष शिवपति देबि मल्लाहकाे अध्यक्षतामा तथा बिकल्पकाे महासचिव राजकुमार मुडभरीकाे प्रमुख अातिथ्यतामा बिपन्न बर्गका लागि बाख्रा बितरण कार्यक्रम अाज सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै बिकल्पकाे महासचिव मुडभरीले बिपन्न बर्गकाे जिवनस्तर सरल बनाउनकाे लागि याे उन्नत जातकाे बाख्रा बितरण गरिएको हाे। याे बाख्रा बितरण एकीकृत दिगाे जिबिकाे पार्जन कार्यक्रम अन्तर्गत दलित , असहाय,अतिबिपन्न लच्क्षित बर्गलाई समेटेकाे छ।
खासगरी असहाय अशक्त र अति बिपन्न समुदायलाई लच्क्षित गरेर बिगतका दिनदेखि नै यस्ता कार्यक्रम बिकल्पले गर्दै अाईरहेकाे छ । तसर्थ समुदायको समस्य अाफ्नाे समस्या मानि हामी उक्त समस्या समाधान तिर लागि रहेका छाैँ भन्ने कुरामा जाेड दिनु भएको थियोे ।
बाख्रा बितरण कार्यक्रममा सुस्ता गाउँ पालिका र बर्दघाट नगरपालिका गरि अति बिपन्न १० जना महिलाहरुलाई उन्नत जातकाे बाख्रा बितरण गरिएको हाे। कार्यक्रममा बिकल्पका महासचिव राजकुमार मुडभरी, पशु प्राबिधिक गगन सिंह राना, स्वास्थ्य परिचालिका कमला फुल्देल, उमेश बि.क र पत्रकार देशबन्दु यादव लगायतकाे सहभागिता रहेकाे थियोे ।