वाम गठबन्धनको प्रचारमा कलाकार लिएर हिडेको जिप दुर्घटना

9
नवलपरासी, मंसिर ६ ।
नवलपरासीको बौदीकाली गाउंपालिका ६ नगरडांडामा वाम गठबन्धनको प्रचार प्रसारमा प्रयोग गरीएको  जिप दुर्घटनामा परेको छ ।
साउण्ड सिस्टम र कलाकार लिएर कार्यक्रम स्थल नगरडांडा तर्फ जादै गर्दा उकालोमा जिपको पिकअप भाचिएर ब्रेकफेल हुदां दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ३ जना कलाकारहरु सामान्य घाइते भएको स्थानिय श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
कलाकार बोकेको गाडि पल्टिएर जनमुक्ती पार्टीको प्रचार प्रसारमा प्रयोग गरीएको रोकिराखेको अर्को गाडि माथि खसेको थियो ।
जनमुक्ती पार्टीको प्रचारमा प्रयोग गरीएको गाडिमा भने मानिस नरहेकाले अन्य कुनै मानवीय क्षति नभएको स्थानिय श्रेष्ठले जानकारी दिनुभयो । जनमुक्ति पार्टीको प्रचारका लागि प्रयोग गरीएको गाडिले पल्टिएको गाडिलाई ओटको काम गरेकाले थप क्षतिहुनबाट जोगिएको समेत उहांले बताउनुभयो ।