लुम्बिनी १३ असोज ।
रुपन्देहीको कालीदह सीमानाका स्थित लुम्बिनी छोटी भंसार कार्यालयमा राजस्व संकलन कार्यमा आाशिक बृद्धि भएको छ । कार्यालयले गतबर्ष भदौ महिनाको तुलनामा यस बर्षको भदौ महिनामा आंशिक राजस्व संकलन कार्यमा बृद्धि गरेको हो ।
लुम्बिनी छोटी भंसार कार्यालयको सार्बजनिक मासिक तथ्यांक अनुसार आर्थिक बर्ष २०७३/०७४ को भाद्र महिनामा कुल तीन लाख ७८ हजार दुईसय ८० रुपैया राजस्व संकलन गर्न सफल भएको छ ।
जब कि लुम्बिनी भंसारले आर्थिक बर्ष २०७२/०७३ को भदौ महिना भरिमा कुल तीन लाख ४२ हजार एकसय ४५ रुपैया मात्र राजस्व संकलन गरेको तथ्याँकमा उल्लेख छ ।
यसरी लुम्बिनी छोटी भंसार कार्यालय कालीदहमा महिना पिच्छे राजस्व असुलीमा बृद्धि हुन थाले पछि थपजनशक्ति तथा धर्मकाँटा लगायत आधुनिक उपकरणको राज्यले ब्यवस्था गर्नुपर्ने कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी गराए ।