लाेकतन्त्र जाेगाउन कांग्रेसलाइ बहुमत अावश्यक: नेता देवकरण कलवार

94

नन्दु यादव/प्रेमचन्द्र राैनियार, असाेज १९ नवलपरासी ।

नेपाली कांग्रेसका सांसद देवकरण प्रसाद कलवार (सन्तु)ले नेपालकाे संविधान कार्यान्यवन गराउन चुनाैती बन्दै गएकाे यस पछिल्लाे अवस्थामा लाेकतन्त्रकाे रक्षाका लागि नेपाली कांग्रेसलाई बहुमतका साथ देशकाे पहिलाे पार्टी बनाउन अाह्वान गर्नुभएकाे छ ।

काेजाग्रत पुर्णिमाकाे अवसरमा विहिवार सेमरीमा अयाेजना गरिएकाे शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रममा बाेल्दै नेता कलवारले अासन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे मंसिरमा हुन लागेकाे निर्वाचनमा हरेक क्षेत्रबाट नेपाली कांग्रेसलाई विजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयाे ।

निर्वाचनलाई मध्यनजर गर्दै वामपन्थीहरु एक हुंदा पनि कांग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने ठाेकुवा गर्दै नेता कलवारले बामपंथीहरुकाे एकता लाेकतन्त्र र प्रजातान्त्रिक शक्तिहरुलाई सखाप पार्ने रणनीति भएकाले यसका लागि लाेकतान्त्रिक पार्टिहरु बिच एकताकाे पहल भईरहेकाे बताउनुभयाे ।

विश्वबाट नै वामपंथीहरु सखाप भईरहेकाले नेपालमा पनि टिक्न नसक्ने बताउनुहुदै विशेष अतिथी क्षेत्र नं. ५ का सांसद विक्रम खनालले निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरुले एकजुट भई बामपंथीहरुलाइ परास्त गर्नुपर्ने बताउनुभयाे । नेकपा मावाेवादी केन्द्र र राजपाका नेता हृदयेश त्रिपाठी मधेशी र प्रचण्डले एकताकाे नाममा अाफ्नाे पार्टी र चुनाव चिन्ह मासेर नेकपा एमाले संग एकता गरि कार्यकर्ता र भाेटर्सहरुलाई धाेखा दिएकाे अाराेप लगाउनु भएकाे छ ।

नवलपरासी क्षेत्र नं. ६ काे क्षेत्रिय सभापति मुकुल कुमार अाचार्यकाे सभापतित्व तथा देवकरण कलवार सन्तुकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पार्टीका जिल्ला सदस्य दलिराम चाैधरी, बिमला उपाध्याय, शम्भुलाल श्रेष्ठ, बिश्व प्रेम पाठक, प्रतापपुर गाउंपालिका प्रमुख राजकुमार शर्मा, नारायण भण्डारी, बिनाेद पाण्डे, शुक बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य पुरुषाेत्तम सुवेदी लगायतले शुभकामना मतन्तव्य दिनुभएकाे थियाे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।