लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सांस्कृतिक कार्यक्रम

12
उमेश वि.क सरावल, १ पाैष ।
नवलपरासीको सरावल गाउँपालिका ३ महेन्द्र मा.बि.सरावलकाे प्रांङ्गणमा लागु पदार्थ दुर्ब्यसन बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
ए.बि.सि नेपालकाे अायाेजना एवम् स्ट्राेम फाउन्डेसनकाे सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम दिप ज्याेति सम्बाद केन्द्रकि अध्यक्ष अनिता कहाँरकाे अध्यक्षतामा तथा नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कन्डेल (मुन्ना बाबु) काे प्रमुख आतिथ्यता तथा नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं.२ क प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेसको उम्मेदवार गुणनिधि तिवारीकाे बिशेष अातिथ्यतामा लागु पदार्थ दुर्ब्यसन बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य कन्डेल लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेता कार्यक्रम अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो।
कुलतमा फसेर कयौं मान्छे अाफ्नाे जिवन बर्बाद गरिरहेका छन। प्रत्येक ब्यक्ति अाफ्नाे छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ। लागुपदार्थ दुर्ब्यसनले सामाजिक, अार्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ ।
त्यसैले यसप्रकारका धुमपान, मद्यपान तथा लागुपदार्थकाे सेवनबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ । र बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ ।
यश क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुभएको छ। कार्यक्रममा नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं.२ क प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेसको उम्मेदवार गुणनिधि तिवारी, सरावल गाउँ पालिका वार्ड न.३ वडा अध्यक्ष अणेन्द्र राय, ए.बि.सि नेपालकाे बरिस्ठ परियाेजना अधिकृत सुन्नर हरिजन, समाजसेवी एवम सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल प्रिन्सिपल सुखाडि प्रसाद चाैधरी, नेपाली काङ्ग्रेस सरावल गाउ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, भाेजपुरी संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, संघिय समाजवादी फाेरम नवलपरासी जिल्ला सदस्य हरिलाल यादव, जिल्ला बाल सन्जाल सदस्य दुर्गा बि.क.,समाजसेवी जनमजय यादव, जिल्ला बाल सन्जाल पुर्ब काेषाध्यक्ष सन्दिप बि.क, दिप ज्याेति सम्बाद केन्द्रकी एनिमेटर ममता चाैधरी लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।