लागुअाैषधि सहित एक पक्राउ

9

संजय कुशवाहा /नवलपरासी माघ २४ गते ।

नवलपरासीको त्रिवेणी ब्यारेजबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको त्रिवेणी ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट नेपाल भित्राईरहेको बेला प्रहरीले चेकजाँच गर्ने क्रममा ति युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुर्वी नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिका ६ त्रिवेणी बस्ने विकाश शिल्वाल रहेको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।

पक्राउ परेका शिल्वाल संग ३ ट्याब्लेट स्पासमो, ३ ट्याब्लेट नाईट्रो भेट र १ सिसी ओन्डेक्स रहेको प्रहरीले जनाएको छ । शिल्वाल अहिले प्रहरीको नियन्त्रणमा छन् ।