नवलपरासी जेष्ठ ३० ।
प्रतापपुर गाउंपालिकाकाे गुठी परसाैनीमा एक किसानले आफनो खेतमा रोपेको केरा खेतीमा अज्ञात व्यक्तिहरुको समुहले क्षति पुर्याएको छ । जसले किसानको लाखौंको क्षति भएको छ ।
विभिन्न तिन स्थानमा गरि १४ कट्ठा खेतमा रोपेको करिब १ हजार ७ सय विरुवा नष्ट गरिएको छ । कृषक पन्नेलाल यादवले दिएको जानकारी अनुसार गुठी परसौनीको विभिन्न ३ स्थानमा रहेको उनको खेतमा केहि दनि अघि केराको लडाएर नोक्सान गरिएको थियो । उनले भने ऋणधन गरि लगाएको केराली नष्ट भएपछि करिब ८ लाख बढिको क्षति भएको छ ।
गएराती चाैथाे पटक पनि अर्काे ठाउमा रहेको उनको १० कट्ठा खेतको केराबाली पनि नष्ट गरिएपछि उनी आफु ठुलो मारमा परेको बताएका छन् ।
बाली काट्न तयार हुनै लागेको केराबाली कसले किन नोक्सान गरेको होला ? खुल्न सकेको छैन । यस घटनाको खबरले त्यस क्षेत्रका केरा खेती गर्ने किसानमा त्रास पैदा भएको छ ।
वर्ष दिनसम्म मलजल गरि हुर्काएको बाली एकाएक नष्ट गरिएपछि सबैजसो किसान चिन्ता परेका छौं, किसान कृष्णा जायसवालले बताए । उनले भने केरा खेती अब सुरक्षित रहेन । केरा को लडाएर नोक्सान पार्नमा कम्तिमा १० जनाभन्दा बढिको संख्यामा व्यक्तिहरु आएको हुनसक्ने अनुमान गरिएको छ ।
करिब ६ महिनाअघि सुस्ता गाउंपालिकाको वडा नं. ५ पकलिहवामा पनि केराको काटेर अर्का एक किसानको क्षति गरिएको थियो । सयौं विगहाभन्दा बढि क्षेत्रफलमा यस क्षेत्रमा गरिएको केरा खेतीमा पछिललो समय यस्ता घटनाको क्रम बढेको किसानहरुले बताएका छन् ।