रुसकाे एक हवाईअड्डामा ड्राेनबाट हमला

27

रुसबाट यस्ता रिपोर्टहरू आइरहेका छन्, जसमा उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ।

स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन्।

गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ।

रुसी सञ्चारमाध्यममा पनि चारवटा यातायात विमानमा क्षति पुगेको समाचार छ । बीबीसीले यो रिपोर्ट पुष्टि गर्न सकेन।

रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।

प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको बताए।

पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ।

युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन। युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणमा विरलै प्रतिक्रिया दिएको छ।