मंसिर ९ रुकुम ।
पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट जानका लागि हिडेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा गएराति ८ बजे दुर्घटना हुदा ७ जनाकाे मृत्यु भएको छ, अन्य ३ जना गम्भीर घाईते भएका छन ।
जीप दुर्घटनामा परि मृत्यु हुनेमा पुर्वि रुकुमकाे रुकुमकाेट निवासी प्रहरी नीरिक्षक नविन श्रेष्ठ, उहाँकी धर्मपत्नी अनिता प्रधान, मुसीकोट नगरपालिका वडा नं. १ मठ निवासी भलिबल खेलका राष्ट्रिय रेफ्रि जनक शाह, गाडी ब्यवसायी, सुदन श्रेष्ठ, उहाका बुवा शेर बहादुर शाह, शिक्षिका सुरेखा शाह र यमुना मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएकाे छ ।
घाईतेहरु चालक प्रेम थापा, प्रेम केसी र टेक बहादुर खत्रीकाे जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेकाे छ । प्रहरी नीरिक्षक नवीन श्रेष्ठको विहेबाट फर्कदै गर्दा गाडी मध्यपहाडी राजमार्गमा दुर्घटनामा पर्दा सबै आफन्तकाे ज्यान गएकाे छ ।
प्रहरी निरिक्षक श्रेष्ठकाे तीन दिन अघि मात्रै विहे भएको थियाे । उहाँ श्रीमती सहित कार्यक्षेत्र जाने यात्रामा रहेको बेला दुर्घटनामा दुवै जनाकाे ज्यान गएकाे हाे । घटनापछि पश्चिमी र रुकुम पुर्वि रुकुम शाेकमा डुबेकाे छ ।