उमेश वि.क नवलपरासी, १४ पाैष २०७४ ।
नवलपरासीकाे रामग्राम नगरपालिका १० मा रहेकाे काेटहि माई युवा क्लबले प्रथम माघी महोत्सव मेलाको तयारी सुरु गरेको छ। रामग्राम नगरपालिका वडा नं. १० नदवामा चार दिनसम्म आयोजना गरिने माघी महोत्सव पाैष महिनाकाे २४,२५,२६ र २७ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ।
लोप हुन लागेको थारु संस्कृति जगेर्ना गर्न माघी महोत्सवलाई सुरु गरिएको नवलपरासी थारु बगियाकाे पुर्ब अध्यक्ष सुरज थारुको संयोजकत्वमा २५ सदस्यी मूल समिति र १५ वटा उपसमितिहरु गठन गरिएको छ।
रामग्राम नगरपालिका वडा नं. १० वडा अध्यक्ष मुन्ना गुप्ताको प्रमुख अतिथ्यता तथा काेटहि माई युवा क्लबकाे अध्यक्ष बिनाेद चाैधरीको अध्यक्षतमा सम्पन्न भेलाले महोत्सव गर्ने निर्णय गर्दै उपसमितिहरुको गठनगरेको हो।
थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काेटहि माई युवा क्लबुकाे आयोजनामा हुन लागेको उत्त महोत्सवमा थारुहरुका विभिन्न नृत्यहरु प्रतियोगिताहरु जस्तै झमटा, झुमरा, झर्रा, लाठिनाच, हस्तकला प्रदर्शन र खानाका परिकारहरुकाे स्टल,गाउँ स्तरिय पुरुष भलिबल प्रतियाेगिता साथै महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।