रामग्राम १० मा चार दिने माघी महोत्सव मेला सुरु

17

उमेश वि.क नवलपरासी , २४ पाैष २०७४

नवलपरासीकाे रामग्राम नगरपालिका १० मा अवस्थित काेटही माई युवा क्लबकाे प्रथम माघी महोत्सव मेला साेमवारदेखि सुरु भएको छ।

थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रामग्राम नगरपालिका वडा नं. १० नदवामा चार दिन सम्म आयोजना हुने माघी महोत्सवको अाज सुरु गरेको हो। पाैष २४,२५,२६ र २७ गते सम्म सञ्चालन हुने महोत्सव लोप हुन लागेको थारु संस्कृति जगेर्ना गर्न माघी महोत्सव काेटहि माई युवा क्लबकाे अध्यक्ष बिनाेद चाैधरीको अध्यक्षतमा तथा नवलपरासी पश्चिम प्रदेश सभा सदस्य बैजनाथ जैसवालकाे प्रमुख आतिथ्यतामा चार दिने माघी महोत्सव मेला सुरु गरिएको हाे।

कार्यक्रममा बाेल्दै नवलपरासी पश्चिम प्रदेश सभा ख सदस्य जैसवालले प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ।
माघी महोत्सव बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। रामग्राम नगरपालिका १० मा अवस्थित काेटहि माई युवा क्लबुकाे याे प्रयास अगामि दिन सम्म जारी रहाेस साथै खेलहरुमा युवाहरुको रुची हेर्नुपर्ने बताउदै खेलाडीहरुले अनुशासनलाई उच्च प्राथमिकता दिएर खेल्नु पर्नेमा जोड दिनुभयो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा रामग्राम नगरपालिका वडा नं. १० वडा अध्यक्ष मुन्ना गुप्ता,समाजसेवी कन्हैया काेहार,भुतपुर्व गाबिस अध्यक्ष बहादुर सहानि,समाजसेवी घनश्याम बहादुर मल्ल,धर्म प्रसाद गुप्ता,थारु बगिया पुर्ब अध्यक्ष सुरज चाैधरी लगाएतकाे उपस्थिति रहेकाे थियाे। उक्त महोत्सवमा थारुहरुका विभिन्न नृत्यहरु प्रतियोगिताहरु जस्तै झमटा,झुमरा, झर्रा, लाठिनाच ,हस्तकला प्रदर्शन र खानाका परिकारहरुकाे स्टल,गाउँ स्तरिय पुरुष भलिबल प्रतियाेगिता साथै महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति २७ गते रहने आयोजकले जनाएको छ ।

गाउँ स्तरिय पुरुष भलिबल प्रतियाेगिता नवलपरासी र रुपन्देही गरीे ५० वटा समुहको सहभागिता रहेके छ । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार द्धितिय हुनेलाई ८ हजार र तृतीय हुनेलाई ६ हजार सहित अन्य पुरस्कार राखिएको छ ।