पप्पु रेग्मी, नवलपरासी, माघ ११ ।
रुपन्देहीको देवदहमा चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दहालले एक समारोह वीच उद्घाटन गर्नुभयो ।
मुलुकमा स्थायी सरकार नहुदा विकासले फड्को मार्न नसकेको भन्दै वाम गठवन्धनलाई जनताले दुई तिहाई बहुमत दिएकोले अवको सरकार स्थायी हुने उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन वाट बोल्दै यस्तो बताउनु भएको हो ।
मुलुकमा राजनैतिक स्थायित्व कायम गरी आर्थिक समृद्धि तर्फ अगाडी बढ्दै देवदह बुद्धको मावली थलो एवं लुम्बिनीसंग जोडिएको ऐतिहासिक स्थल भएकाले यो ठाउं राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा परिचित रहेकाले यहां पर्यटन विकासको प्रचूर संभावना रहेको र अव बन्ने वाम गठवन्धनको सरकारले देशलाई समृद्ध राष्ट्र निर्माणसंगै आर्थिक विकास तर्फ लैजानेमा अध्यक्ष दाहालले जोड दिनु भयो ।
भगवानपुर देखि पाल्पाको गोठादी जोड्ने बाटोको विकास गर्न सरकार र आफुहरुले समेत पहल गर्नेमा जोड दिनु भयो । कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाक, नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल, नेकपा एमालेका पोटिव्यूरो सदस्य छविलाल विश्वर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय अध्यक्ष श्याम पाठक, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, प्रदेश सांसदद्धय डा. कृष्णप्रसाद न्यौपाने, वलदेव शर्मा पोखरेल, लगायतले बोल्नु भएको थियो । महोत्सव मूलआयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षतामा भएको थियो भने सहसंयोजक गणेशकुमार खातीको स्वागत र कार्यक्रमको सञ्चालन सचिव प्रशान्त गैरेले गर्नुभएको थियो ।