मेयरले शुरु गरे वृद्धहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा

25

अनिल यादव,नवलपरासी,६ असोज ।

नवलपरासीको सुनवल नगरपालिकाका मेयरले वृद्धहरुलाई निशुल्क स्वाथ्य परीक्षण सेवा शुरु गरेका छन् । जेष्ठ नागरिकहरुलाई घर घरमा सेवा दिने प्रतिबद्धतालाई नगरसभाले पारीत गर्दै स्वास्थ्य सेवा र वृद्ध भत्ता दिने काम शुरु गरेका हुन् ।

नगरपालिकाका मेयर भिम बहादुर थापाले विहिवार देखि १३ वटै वडामा सो सेवाको दिने गरी अरम्भ गर्नु भएको छ ।
यो नगरपालिकामा अहिले २ हजार ५ सय ४५ जेष्ठ नागरिक छन् भने दलित, अपाङ्ग, एकल महिला लगायत समाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ७ सय रहेको छ ।

स्वास्थ्य शिविर र भत्ता वितरण गर्ने कार्य असोज १० गते सम्म घरदैलोमा पुगेर गर्ने नगरपालिकाका वडा सचिव दिपक तिवारीले बताउनु भएको छ । स्वाथ्य परीक्षणको लागि देवदह मेडिकलका २ जना चिकित्सकसहहित १८ जनाको टोलि रहेको छ । दोस्रो चौमासिक अन्तर्गत भत्ता वितरणका लागि कुल २ करोड ६५ लाख निकासा आएको गौतमले जानकारी दिए ।